सिरहा : छठ घाटबाटै कटुवा पेस्तोल र गोलीसहित दास पक्राउ


सिरहा : छठ घाटबाटै सिरहाको औरहीमा कटुवा पेस्तोल र गोलीसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही गाउँपालिका ५ का रबिन दास रहेका छन् । उनको साथबाट एक थान सानो पेस्तोल र २ थान गोली बरामद भएको प्रहरी चौकी औरहीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार स्थानीय विनोद यादवलाई गोली मार्ने योजना बनाएका थिए दास । तर योजनाबारे प्रहरीले सूचना पाएपछि तत्कालै छठ घाट पुगेर उनलाई नियन्त्रण लिएको छ ।

औरही प्रहरीले दासलाई अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाउन लागेको छ ।

प्रकाशित : २०७७ मंसिर ६, शनिबार ०८:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ