सिरहा : अपहरणमा परेको भनिएका सदा घरबाटै पक्राउ


जनकपुरधाम : अपहरणमा परेको भनिएका औरही गाउँपालिका ५, सिरहाका अन्दाजी २५ वर्षीय रामभजन सदा घरबाटै पक्राउ परेका छन् । उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सदाकी आमा फुलो सदाले जनता समाजवादी पार्टी औरहीका अध्यक्ष शिवजी यादवमाथि जिल्ला प्रहरी कार्यालयमा अपहरण गरी बेपत्ता बनाएको सम्बन्धी मुद्दा दर्ता गराएकी हुन् । तर बेपत्ता भएको भनिएका छोरा छठ मनाउन शनिवार विहान घर आएका थिए । यो विषयमा मुद्दा झेलिरहेका शिवजीका आफ्न्तले थाहा पाएपछि उनलाई घरबाटै नियन्त्रणमा लिएर प्रहरी चौकी औरहीको जिम्मा लगाए ।

औरही प्रहरी चौकीले तत्कालै उनलाई जिल्ला प्रहरी कार्यालय पठाए । छोरालाई बेपत्ता पारेको भन्दै फुलोदेवीले केहि दलित अगुवा र नेकपाका स्थानीय नेताको आडमा शिवजीलाई फसाउने योजना बनाएका थिइन् । तर फसाउने योजना तुहिएको छ ।

सिरहाका एसपी उमाशंकर पजियारले सदामाथि अनुसन्धान सुरु गरिएको बताए । उनले भने, ‘बेपत्ता व्यक्ति हाजिर भएपनि मुद्दा अदालतमा जाने हो । अदालतमा उनले के वयान गर्छन्, त्यो मुख्य कुरा हो । मुद्दा खारेज हुन्छ कि के भन्ने कुरा अदालतले निणर्य गर्छ ।’

प्रकाशित : २०७७ मंसिर ७, आईतवार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ