सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु, सेल्फी लिनेहरुको भीड


सप्तरी : कञ्चनरुप नगरपालिका ५ स्थित पडेमारामा आइतबार राति करेन्ट लागेर एक हात्ती मरेको छ ।

समूहमा रहेको हात्तीले ३३ हजार केवीको विद्युतको तार छोएका कारण करेन्ट लागेर मरेको कोशी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा, सुनसरीका  प्रमुख चन्द्रशेखर चौधरीले जानकारी दिए ।

कोशी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहाका प्रतिनिधि, जिल्ला वन कार्यालय, नेपाली सेनाको कुशहा गणका सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको पूर्वप्रिपा, धरमपुर घोघनपुर मध्यवर्ती उपभोक्ता समितका अध्यक्ष बच्चुलाल चौधरीले बताए । 

विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख रोशन सिंहका अनुसार हात्तीले ३३ हजार केवी प्रशारण लाइनको पोलमा समत क्षति गरेको छ । राति करिब २ बजेदेखि नै कञ्चनरुप, सप्तकोशी, बेल्टारलगायतका क्षेत्रमा बत्ती छैन ।

प्रमुख सिंहका अनुसार तत्काल पोल झुकेको र तारसमेत चुडिएको कारण विद्युत अवरुद्ध भएको छ । आज साँझसम्म भारदहबाट विद्यतु जोडिएपनि राति विद्युत अवरुद्ध हुन सक्ने छ ।

हाात्ती मरेको खबर फैलिएपछि सयौँको संख्यामा हात्ती हेर्नेको भिड लागेको छ । कञ्चनपुर-फत्तेपुर सडकसमेत जाम हुनेगरी गाउँ-गाउँबाट मान्छेहरु मरेको हात्ती हेर्न र हात्तीसँगै सेल्फी खिच्न थालेको छ ।

प्रकाशित : २०७७ मंसिर ७, आईतवार ११:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ