बर्दिबास घटना : गोली लागेका एक जनाको उपचारको क्रममा मृत्यु


महोत्तरी : ६ वर्षीया  बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।

गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको  महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । न्यौपानेको मृत्युसँगै बर्दिबासमा थप तनावको स्थित सृजना भएको छ । घटनास्थलमा थप तनावको स्थिती पैदा नहोस् भनेर बुधबार  बिहान ८ सुरक्षा समितीको बैठक बस्दै छ ।

कफ्र्यु वा निषेधाज्ञा लगाउने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

प्रकाशित : २०७७ मंसिर १०, बुधबार ०७:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ