अवसर पाउन गुट फेर्दै रघुवीर महासेठ


जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीका बिबादित सदस्य तथा संघीय साँसद रघुवीर महासेठ गुट परिवर्तन गरी नयाँ अवसरको खोजीमा लागेका छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र थिए महासेठ । त्यसैले उनी ओली सरकारका भौतिक पूर्वाधार मन्त्री समेत भए । तर मन्त्री पदमा रहँदा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्यो । सोही कारण ओलीले उनलाई मन्त्री पदबाट हटाए ।

ओलीले उनलाई पदबाट मात्र हटाएनन्, ओलीको विश्वास पात्रको सुचीमा पनि रहेनन् । पछि ओलीसँग उनी हारगुहार गरे, तर पनि नपत्याएपछि अब प्रचण्डको गुटमा बस्न पुगेका रहेछन् । अहिले नेकपा आन्तरिक विवादमा फसेको छ । त्यसैले प्रचण्ड गुटमा बसेर नयाँ अवसर पाउने महासेठको चाहना रहेको स्रोतले जनाएको छ ।

महासेठ यही मंसिर ११ गते साझ मातृका यादब र सत्रुधन महतोसँग प्रचण्ड निवासमा पुगेर आन्तरिक सम्झौता गरेको बुझिएको छ । २०५६ मा माले/एमाले बिभाजन हुँदा धनुषा जिल्लाको राजनीति जीवन शुरुआत गरेका थिए महासेठ ।

विभिन्न काल खण्डमा अवसरको खोजी गर्दै आएका उनले गत निर्वाचनमा  ओलीको विश्वास पात्र बनेर स्थानीय तहको वडादेखि मेयरसम्मको टिकट बाँडे । उनले १ लाखदेखि ४० लाखसम्ममा टिकट विक्री गरेको अहिले पनि चर्चा चल्ने गर्छ ।

टुडे एक्सप्रेस दैनिकबाट

प्रकाशित : २०७७ मंसिर १४, आईतवार ०९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ