क्रिकेटर लामिछानेलाई सास फेर्न अप्ठ्यारो, अस्पताल भर्ना


काठमाडौं : केही दिनअघि कोरोनाभाइरस संक्रमण पुष्टि भएका नेपाली क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन् । आइतबार राति उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

अस्पताल भर्ना भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।  सन्दीपले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि शुक्रबार पिसिआर परिक्षण गराएका थिए । शनिबार उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

सन्दीप केहि दिन राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा बसेर डिसेम्बर दोस्रो साता बिग बास खेल्न अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा थिए ।

अब उनी कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र अस्टे«लिया प्रस्थान गर्ने छन् । लगातार तेस्रो सिजन बिग बास खेल्ने तयारीमा रहेका सन्दीप यो सिजन होबर्ट हुरिकेन्ससँग अनुबन्धित छन् ।

१० डिसेम्बरबाट सुरु हुने लिगको अघिल्ला २ सिजन उनले मेलबर्न स्टार्सबाट खेलेका थिए ।

प्रकाशित : २०७७ मंसिर १५, सोमबार ११:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ