राजधानीमा सभा, जुलुस र भिडभाड नगर्न स्थानीय प्रशासनको निर्देशन


काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र भिडभाड हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।

कारोना महामारी अझ बढ्दै गएकाले तत्कालका लागि भिडभाड हुने कुनै पनि काम नगर्न सिडिओ कार्यालयले मंगलबार विज्ञप्ति निकालेर निर्देशन दिएको हो । स्थानीय प्रशासनको नियम उल्लंघन गरेर सभा, जुलुस, प्रदर्शन वा अभियानका नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिप्रकाले जनाएको छ ।

राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने जिप्रका काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रूप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित : २०७७ मंसिर १६, मंगलवार १४:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ