कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले किन समात्यो ?


तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको हो ।

तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर, प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सागर आचार्यले जानकारी दिए ।

पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले विरोध गरेको थियो। दमौलीमा नेकपाको युवा मोर्चाले प्रदर्शन थालेको तथा निर्माण उपभोक्ताले उद्घाटन गरिछाड्ने भनेपछि निषेधाज्ञा जारी गरेको थियो ।

प्रहरीले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको भन्दै नेता पौडेलले कार्यकर्तामाथिको दमन बन्द गर्न माग गरेका छन् ।

‘भर्खर प्रहरी परिचालन गरेर मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले भनेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’

  • अन्नपूर्ण पोस्ट डटकमबाट
प्रकाशित : २०७७ मंसिर १७, बुधबार १६:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ