कटुवा पेस्तोलसहित मोरङमा एक पक्राउ


विराटनगर : मोरङमा एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । सुनवर्षी नगरपालिका ५ झुगी चोकबाट ४१ वर्षीय राजकुमार मण्डल पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । कम्मरमा भिरेको कटुवा पेस्तोल, त्यसको दुई राउन्ड गोली र १९ हजार ३२५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हतियारसहित गतिविधि गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिएको थियो । 

प्रकाशित : २०७७ मंसिर २०, शनिबार १२:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ