पूर्वमन्त्री आफ्तावका भाइ भारतको मोतीहारीबाट पक्राउ, नेपाल ल्याईँदै


काठमाडौं : काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम भारतको मोतिहारीमा पक्राउ परेका छन् ।

भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरी नायव उपरिक्षक धीरज प्रताप सिंहले इमेज समाचारलाई जानकारी दिए । उनलाई लिन प्रदेश नम्बर २ को प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको उहाँको भनाई छ । आलमलाई आजै जिल्ला अदालत रौतहटमा बुझाइने छ ।

०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार रहेका महताव आलम घटनाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्तावका आलमका भाई हुन् । आफ्तावका आलम पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा भएको विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।

इमेजबाट

प्रकाशित : २०७७ मंसिर २२, सोमबार १०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ