महोत्तरीमा स्कुल बसको ठक्करबाट यादवको मृत्यु


जनकपुरधाम : महोत्तरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालक पिपरा गाउँपालिका–३ का १९ वर्षीय अमित यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान पिपरा गाउँपालिका–१ सडकमा ना१क ४८०५ नम्बरको स्कुल बसले ज५प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार भई घाइते भएका ८ वर्षीय नवीन यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७७ मंसिर २२, सोमबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ