जनकपुरधाम आइपुगे मन्त्री भट्टराई, नयाँ टर्मिनल भवनको उद्घाटन गर्ने


टुडेखोज, जनकपुरधाम : विमानस्थलमा बनेको नयाँ टर्मिनल भवनको उद्घाटन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई जनकपुरधाम आइपुगेका छन् ।

केहिबेर अगाडी उनी जनकपुरधाम विमानस्थलमा ल्याण्ड गरेका हुन् । झण्डै ८ वर्षपछि ५० करोडको लागतमा निर्माण सम्पन्न भएको टर्मिनल भवनको उद्घाटन केहिबेरपछि गरिने बताइएको छ ।

विमानस्थल आइपुगेपछि मन्त्री भट्टराईलाई भव्य स्वागत गरिएको छ । उपस्थित सुरक्षाकर्मीसँग मन्त्री भट्टराईले हात मिलाउनुको सट्टा मुट्ठी जुधाएका थिए ।

प्रकाशित : २०७७ मंसिर २३, मंगलवार १०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ