प्रदेश २ : सालको गोलियासहित दुई तस्कर पक्राउ, केहि फरार


सर्लाही : ईश्वरपुर नगरपालिकाको सागरनाथ क्षेत्रबाट सालको काँचो गोलिया तस्करी गरिरहेका दुई जना पक्राउ परेका छन् ।

सागरनाथ वन विकास परियोजनाबाट खटिएको गस्ती टोलीले बिहीबार दुई जना काठ तस्करलाई पक्राउ गर्न सफल भएको सागरनाथ वन विकास परियोजनाबाट सहायक वन अधिकृत शिवेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार २७ दशमलव ७० क्यूविक फिट बराबरको ८ वटा सालको गोलिया समेत बरामद भएको छ । अनुसन्धान जारी रहेकाले तस्करको नाम भने खुलाइएको छैन ।

दुबै तस्करलाई लालबन्दीस्थित डिभिजन वन कार्यालयको हिरासतमा ल्याएर राखिएको छ । वन गस्ती टोलीले ५ थान साइकल, १ थान आरा र १ थान बन्चरोसमेत बरामद गरेको छ । तस्करीमा संलग्न केही व्‍यक्ति भने भागेका छन् ।

वनको टोलीले हरिवन नगरपालिकाको घुर्कौली क्षेत्रबाट ४६ क्यूविक फिट बराबरको ८ थान नै सालको गोलिया बुधवार बरामद गरेको थियो ।

प्रकाशित : २०७७ मंसिर २६, शुक्रबार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ