आजबाट पेट्रोलियम पदार्थको मूल्य बढ्याे


काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेकाे हो । भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४/४ रूपैयाँ बढाएर पठाएकाे दाबी निगमकाे छ ।

प्रकाशित : २०७७ मंसिर २८, आईतवार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ