आज विवाहपञ्चमी : जनकपुरमा भगवान राम र सिताको विवाह हुँदै


काठमाडौं : भगवान् श्रीराम र सीताको पूजा आरधना गरी आज देशभर विवाहपञ्चमी मनाइँदैछ । त्रेता युगमा आजकै तिथिमा राम र सीताको विवाह भएको सम्झनामा हिन्दू धर्मावलम्बीले हरेक वर्ष विवाह पञ्चमी मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज विधिपूर्वक राम–सीताको विवाह गर्दै विशेष उत्सव मनाइँदैछ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारी भाँचेपछि राम र सीताको विहे भएको मान्यता छ ।

विवाहपञ्चमी अन्तर्गत जनकपुरधाममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । यसवर्ष भने कोरोना महामारीका कारण विवाहपञ्चमी प्रभावित बनेको छ । अन्य वर्ष जस्तो आज चहलपहल छैन ।

प्रकाशित : २०७७ पुष ४, शनिबार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ