संसद विघटन गर्ने प्रस्ताब संविधान विपरित : राजेन्द्र महतो


काठमाडौं : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संसद विघटनको प्रस्ताब गरेको प्रतिक्रिया दिएका छन् ।

उनले संसद विघटनबारे संविधानमा व्यवस्था नै नभएकाले प्रधानमन्त्रीको कदम गैर-संवैधानिक भएको बताए । उनले संसद विघटनको प्रस्ताब संविधान र व्यवस्था विपरित भएको पनि बताए।

प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिलाई भेटेर बुझाइसकेका छन् । संसद विघटन प्रस्तावको व्यापक विरोध भइरहेको छ ।

प्रकाशित : २०७७ पुष ५, आईतवार १३:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ