जसपाले भन्यो- संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिद्वारा गरिएको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यसको विरोध जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीले संसद विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार भएको जनाएको छ । ‘यस असंवैधानिक र अलोकतान्त्रिक कदमको पार्टी विरोध गर्दछ । प्रतिनिधिसभा विघटन लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अधिनायकवाद र निरंकुशताको पराकाष्ठा भएको भन्दै जारी विज्ञप्तिमा भनिएको छ‚ ‘यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ । त्यसर्थ सम्पूर्ण पार्टी र आमनागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं ।’

प्रकाशित : २०७७ पुष ५, आईतवार १५:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ