सिरहाको सुखीपुर नगरपालिकामा कुकर बम भेटियो, कामकाज ठप्प


जनकपुरधाम : सिरहाको सुखीपुर नगरपालिकाको कार्यालयमा आज विहान कुकर बम फेला परेको छ ।

कार्यालय सरसफाई गर्ने क्रममा कर्मचारीले बम देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी घटनास्थल पुगेर कार्यालय घेरेर बसेका छन् । बम डिस्पोज गर्न सेना खटेको बुझिएको छ ।

बम भेटेपछि कार्यालयको कामकाज ठप्प छ । बम कसले राखेको विषयमा अहिले केहि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ पुष ७, मंगलवार १३:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ