प्रदेश २ मा ओली समूहको भेला गर्ने जिम्मा पाए नेता प्याकुरेल


जनकपुरधाम : नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने निर्णय गरेको हो ।

भेलाका लागि वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ । त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेताहरुलाई जिम्मा दिइएको छ । लुम्बिनी प्रदेशमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ।

गण्डकीमा वक्ताका रुपमा टोपबहादुर रायमाझी तोकिएका छन् । बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने बताइएको छ ।

प्रकाशित : २०७७ पुष ७, मंगलवार १४:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ