प्रधानमंत्री र राष्ट्रपतिविरुद्ध जसपाले आज देशभर बिरोध प्रदर्शन गर्दै


काठमाडौं : प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै जनता समाजबादी पार्टी (जसपा)ले आज देशभर बिरोध प्रदर्शन गर्दैछ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको हिजो बसेको बैठकले आज बुधबार सबै जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

संघर्षका अन्य कार्यक्रमहरुमा पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गने सबै जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने र १२ गते केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको छ ।

हिजोको बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको थियो ।

प्रकाशित : २०७७ पुष ८, बुधबार ०८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ