जसपाका नेताले सभामुखलाई भने- संसद बैठक बोलाउनुस्


काठमाडौं : जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर विशेष अधिकार प्रयोग गरि प्रतिनिधिसभाको बैठक आह्वान गर्न आग्रह गरेका छन् ।

आज संसद सचिवालयमा गएर जसपका नेताहरु डा.बाबुराम भट्टराई,उपेन्द्र यादव र लक्ष्मणलाल कर्णले सभामुखलाई बैठक बोलाउन माग गरेका हुन् । जसपा नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएकाले संसद जीवितै रहेको बताएका थिए ।

सभामुखले दलहरुसँगको छलफलका आधारमा आफूले कदम चाल्ने बताएका छन् । सभामुख सापकोटाले बुधवार साँझ प्रेस वक्तव्यमार्फत प्रतिनिधिसभा जीवितै रहेको आशय व्यक्त गर्दै दलहरुसँग छलफल गरेर अघि बढ्ने बताएका थिए ।

प्रकाशित : 24 December 2020 2:35 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ