प्रतिनिधि सभा विघटन : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी


काठमाडाैं : प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको कारणबारे लिखित जवाफ पेश गर्न विपक्षी राष्ट्रपतिको कार्यालय र सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेकाे हो।

विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

प्रकाशित : २०७७ पुष १०, शुक्रबार १४:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ