ओलीले ८ मन्त्री थप्ने लगभग पक्का, प्रभु साह पनि मन्त्री बन्दै !


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ८ जना नयाँ अनुहार थपेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । बिस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादीतर्फका धेरैलाई समेट्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह,मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ मन्त्रीको सूचीमा छन् । त्यस्तै पूर्व एमालेबाट प्रेम आले, गणेश ठगुन्ना र विमला विकको नाममा छलफल भएको छ । उनीहरुको टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ ।

नेपाल प्रेसबाट

प्रकाशित : २०७७ पुष १०, शुक्रबार १८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ