सरकारसँग सम्झौता गरेका एक उखु किसानको मृत्यु, यस्तो छ कारण


काठमाडौं : बक्यौता रकम पाउनका लागि आन्दोलनरत् उखु किसान संघर्ष समितिले सरकारसँग सम्झौता गरेका एक किसानको मृत्यु भएको छ ।

सर्लाहीको धनकौल गाउँपालिका छोटौलका उखु किसान नारायण राय यादवको मृत्यु भएको हो । मंगलबार बिहान ब्रेन ह्याम्ब्रेज हुँदा उपचारको क्रममा गंगालाल अस्पतालमा उनको मृत्यु भएको जसपानिकट राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले बताए ।

मृतक रायले मिल मालिक २४ लाख ६३ हजार रुपैयाँ लिन बाँकी रहेको थियो । तर आन्दोलन थालेदेखि जम्मा एक डेढ लाख मात्र पाएका थिए ।

सोमवार सरकारले उखु किसानसँग ४ बुँदे सम्झौता गर्यो । फेरि पनि पैसा नपाउने हो कि भन्ने तनावले गर्दा उनको मृत्यु भएको हुनसक्ने किसानहरुको अनुमान छ ।

प्रकाशित : २०७७ पुष १४, मंगलवार ११:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ