प्रदेश १ : प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटायो


विराटनगर : नेकपा प्रचण्ड-माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएर स्थायी कमिटी सदस्य भीम आचार्यलाई चयन गरेको छ। 

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गगराएको प्रचण्ड–माधव समूहले आचार्यलाई नै मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ। यसै क्रममा बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई संसदीय दलको नेताबाट हटाएर आचार्यलाई उनको स्थानमा आचार्यलाई राखेको हो । 

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । तीमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा समर्थन गरेका थिए । 

प्रकाशित : २०७७ पुष १६, बिहीबार १२:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ