पाँचसय उपप्राध्यापक भर्ना गर्ने त्रिविको तयारी


काठमाडौं : त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पाँचसय भन्दा धेरै उपप्राध्यापक भर्ना गर्ने तयारी गरेको छ ।

एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापकहरुको पदपूर्ति गरिने त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले जानकारी दिए । उनका अनुसार खुला प्रतिस्पर्धाबाट पाँच सयभन्दा बढी उपप्राध्यापक छनौट गर्ने प्रक्रिया अघि बढिसकेको छ ।

उपप्राध्यापकहरुको भर्नासँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुला गर्ने तयारी त्रिविले गरेको छ । कतिपय विषयमा दरबन्दी साटफेर गरेर भए पनि पदपूर्ति गरिने बाँस्कोटाले जानकारी दिए ।

अहिले दरबन्दी संकलनको काम भइरहेको छ । अब हरेक वर्ष रिक्त दरबन्दीमा खुला प्रतिस्पर्धाको माध्यमाट उप्रप्राध्यापक छनोट गरिने त्रिविले जनाएको छ ।

प्रकाशित : २०७७ पुष २०, सोमबार ०७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ