स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित गुप्ता र थारु पक्राउ


काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई ल्याएको सो रकम फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ पुष २०, सोमबार १२:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ