उदयपुरमा करेन्ट लागेर भालुको मृत्यु


उदयपुर : करेन्ट लागेर उदयपुरको कटारी नगरपालिका–२ स्थित चुरे जंगल क्षेत्रमा एउटा भालु मरेको छ । सिरहाको मिर्चैयाबाट कटारीतर्फको विद्युत हाइ टेन्सन लाइनमा करेन्ट लागेर भालुको मृत्यु भएको हो ।

चुरे पहाडको ढिस्को नजिकैबाट विस्तार भएको विद्युत लाइनमा करेन्ट लागेर भालु मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले जानकारी दिए । भालु मरेको स्थानमा केही समय पहिले पनि दुई जना मानिस करेन्ट लागेर ज्यान गुमाएका थिए ।

प्रकाशित : २०७७ पुष २०, सोमबार १३:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ