५० राउन्ड गोली र पेस्तोलसहित विमानस्थलबाट एक युवक पक्राउ


काठमाडौं : काठमाडौंबाट झापाको भद्रपुर जानलागेका एक जनालाई त्रिभुवन विमानस्थलबाट हातहतियारसहित पक्राउ गरिएको छ ।

त्रिभुवन विमानस्थल सुरक्षामा खटिएको प्रहरीले वृजहाङ राईलाई ५० राउन्ड गोली र पेस्तोलसहित विमानस्थलबाटै पक्राउ गरेको हो । २० वर्षीय राई मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जानलागेका थिए ।

विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि थप अनुन्धान र खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको थियो ।

अहिले राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

प्रकाशित : २०७७ पुष २०, सोमबार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ