सप्तरीमा ट्रकको ठक्करबाट ३५ वर्षीय मण्डलको मृत्यु


राजविराज : पूर्व- पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेका छन् ।ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाललाई नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ पुष २१, मंगलवार ०९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ