ओली सरकारविरुद्ध दिउँसै लालटिन बालेर प्रदर्शन


काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले काठमाडौँमा ओली सरकारविरुद्ध प्रदर्शन गरेका छन् । संसद् विघटनको विरुद्धमा प्रचण्ड–माधव पक्षका अनेराश्ववियूको केन्द्रीय कमिटीले दिउँसै लालटिन बालेर विरोध प्रदर्शन गरेका हुन् ।

दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै ? भन्दै विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका छन् । विद्यार्थीले काठमाडौंको माइतिघरमा प्रदर्शन जारी राखेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटनको प्रस्ताव गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वकृत गरेकी थिइन् । त्यसपछि ओली कदमको देशभर व्यापक विरोध भइरहेको छ ।

प्रकाशित : २०७७ पुष २२, बुधबार १२:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ