अमेरिकाको संसद् भवनभित्र आक्रमण : मृत्यु हुनेकाे संख्या ४ पुग्यो


एजेन्सी : अमेरिकाको संसद् भवनमा भएको झडपमा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो ।

मृत्यु हुने महिलाको पहिचान खुलेको छ । उनी सैन डिएगो निवासी एसली बाबिट हुन् । अन्य तीन जनाकाे परिचय खुलेकाे छैन ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनलाई पक्राउ गरेको छ । तीमध्ये ४७ जनालाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : २०७७ पुष २३, बिहीबार १०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ