प्रदेश २ : ट्रकबाट १०७ किलो चरेस बरामद, चालक पक्राउ


वीरगञ्ज : वीरगञ्जबाट १ क्वीन्टल ७ किलो लागुऔषध चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर गण्डक ड्राईपोर्ट सडकखण्डबाट उक्त चरेस बरामद गरेको हो ।

चरेस राखेर ल्याउँदै गरेको कन्टेनरसहित कन्टेनरका चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ घर भएका रविन तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

मकवानपुरको पालुङबाट वीरगञ्ज आएको ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट सो परिमाणको चरेस प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए ।

कन्टेनरमा फल्स बटम बनाएर कारोबारीले सो चरेस कन्टेनरमा लुकाएर राखेका थिए । बरामद चरेससहित चालकविरुद्ध लागुऔषध शीर्षकमा मुदा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता कुवँरले बताए ।

प्रकाशित : २०७७ पुष २४, शुक्रबार १५:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ