सप्तरीमा करेन्ट लागेर फेरी एक हात्तीको मृत्यु


जनकपुरधाम : सप्तरीमा करेन्ट लागेर शुक्रवार राति फेरी एक जंगली हात्तीको मृत्यु भएको छ । खड्ग नगरपालिका ४ अमहामा करेन्ट लागेर हात्तीको मृत्यु भएको हो ।

मृत्यु भ एको हात्ती हेर्न अहिले त्यहां ठूलो भीड जम्मा भएको छ । स्थानीय सलिता सदाले गाउतीर आएका ५ हात्ती आएकोमध्ये एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ ।

सप्तरीमै केहिदिन अगाडी करेन्ट लागेर हात्तीको मृत्यु भएको थियो । पछिल्लो एक सातामै देशभर भएको विभिन्न घटनामा दर्जनौं जंगली जनाबर तथा बन्यजन्तुको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ पुष २५, शनिबार ०८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ