संसद विघटनलाई खारेज र रेशम चौधरीको रिहाइका लागि जसपाको प्रदर्शन


कैलाली : जनता समाजवादी पार्टी (जसपा) धनगढीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोध र रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीहरूको रिहाइको माग गर्दै सो पार्टीले प्रदर्शन गरेको हो । 

सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन र्‍याली क्याम्पस चोकमा पुगेर विरोध सभामा परिणत भएको हो । विरोध सभालाई सम्बोधन गर्दै जसपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको जिकिर गरे । उनीहरूले प्रतिनिधिसभा विघटनलाई खारेज गर्नु पर्ने माग राखे । 

यसैगरी, टीकापुर घटना राजनीतिक रहेको भन्दै त्यसको समाधान राजनीतिक रूपमै खोज्न माग गरेका छन् । उनीहरूले टीकापुर घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन तत्कालीन समयमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीहरूको रिहाइको माग गरेका छन् । 

विरोध सभालाई सो पार्टीका केन्द्रीय सदस्य नारायण पुरी, नवराज सुवेदी, दुर्गा सोब, गोविन्द चौधरी, दानसिंह विश्वकर्माले सम्बोधन गरेका हुन् ।

प्रकाशित : २०७७ पुष २६, आईतवार १२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ