माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं : सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघी तथा माघे संक्रान्तिका अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदको आइतबार बसेकाे बैठकले गरेकाे हाे । गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।

माघ १ गते थारु समुदायले माघी पर्व मनाउने गरेका छन् भने अन्यले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन् ।

प्रकाशित : २०७७ पुष २६, आईतवार १४:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ