जनकपुरका क्रिकेटर कुन्दन सिंहको निधन


जनकपुरधाम : मिर्गौलामा समस्या देखिएर उपचारमा रहेका क्रिकेट खेलाडीको कुन्दन सिंहको मृत्यु भएको छ । २४ वर्षीय क्रिकेटर सिंहको आइतवार मृत्यु भएको हो ।

प्रदेश २ को तर्फबाट १९ वर्षमुनिको क्रिकेट प्रतियोगितामा खेलेका कुन्दनको आइतबार बिहान मृत्यु भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए । कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि काम गर्न छोडेको थियो ।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनको मिर्गौला फेर्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए । तर आर्थिक समस्याका कारण उनले मिर्गौला फेर्न सकेका थिएनन् ।

सरकार पक्षबाट कुनै सहयोग नभएपछि कुन्दनलाई सहयोग गर्न जिल्ला क्रिकेट संघ धनुषाको अगुवाईमा जनकपुरधामम ‘कुन्दन बचाउ अभियान’ चलाएर युवाहरुले करिब सात लाख रुपैयाँ संकलन गरि कुन्दनको उपचारमा सहयोग गरेका थिए ।

प्रकाशित : २०७७ पुष २६, आईतवार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ