सिराहा : स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित यादव पक्राउ


सिराहा : प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई सिराहाबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका–२२ हकपाराका शिवनाथ यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिलाई प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका– २१ बाट नियन्त्रणमा लिएको हो ।

सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले दिएको जानकारी अुनसार यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद गरिएको हो ।

प्रकाशित : 10 January 2021 6:45 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ