पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस मनाइयो, ५ लाखको अक्षयकोष स्थापना


जनकपुरधाम : जनकपुरधामका पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस जनकपुरधाम उपमहानगरपालिकाले मनाएको छ । आज विहान उपमहानगरपालिकामा स्मृति दिवस मनाइएको हो ।

पत्रकार सिंहप्रति श्रद्धांजली अर्पण गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त गरेका थिए । उनले पत्रकार सिंहको विभत्स हत्या हुनु जनकपुरधामको लागि दुर्भाग्यपूर्ण रहेको बताएका थिए । उनले भने, ‘बोल्नमा निडर, भयरहित पत्रकारको रुपमा चिनिएका पत्रकार सिंहको विभत्स हत्या दुर्भाग्यपूर्ण हो । समाजले धेरै ठूलो नोक्सानी बेहोर्नु परेको छ ।’

उनले पत्रकारहरुकालागि गत बर्ष घोषणा गरिएको पाँच लाखको अक्षय कोष यस बर्ष देखि विधिवत रुपमा सञ्चालनमा आएको हो जसवाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरुलाई पुरस्कृत गरिने बताए । उनले आज देखि एउटा नयाँ सृखलाको शुरुवात भएको बताए ।

पत्रकार सिंह पत्रकारिता क्षेत्रमा इतिहास रचेको बताउँदै उनले जनकपुरधाम उपमहानगरपालिका गर्व महशुस गरेको बताए ।

प्रकाशित : २०७७ पुष २७, सोमबार १२:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ