विद्यार्थीलाई अश्लील म्यासेज पठाउने आरआर क्याम्पसका प्राध्यापक पक्राउ


काठमाडौं : विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत यौन दुव्र्यवहार गरेको आरोपमा रत्न राज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् ।

सोही क्याम्पसमा अध्ययनरत एक छात्रालाई म्यासेन्जरमा अश्लील म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्यलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

प्राध्यापक आचार्यलाई पक्राउ गरिएको र अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश बिष्टले जानकारी दिए ।

म्यासेन्जरमा अश्लील शब्द पठाएको भन्दै ती विद्यार्थीले उनीविरुद्ध आइतबार परिसरमा जाहेरी दिएकी थिइन् । प्राध्यापक आचार्यलाई क्याम्पस बाहिरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित : २०७७ पुष २८, मंगलवार १४:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ