लहानमा माघ ५ गते बलिदानी दिवस मनाउने जनमत पार्टीको तयारी


जनकपुरधाम : डा. सिके राउत नेतृत्वको  जनमत पार्टीले सिरहाको लहानमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाउने भएको छ ।

मधेस आन्दोलनका क्रममा ०६३ माघ ५ गते लहानमा रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा लहानमै १४ औं बलिदानी दिवस मनाउने तयारीमा जनमत पार्टीका नेता कार्यकर्ता जुटेका छन् ।

यसअघि मधेसवादी दलले सरकारमा रहँदा सहिद महतोलाई सम्झिने गरेको थियो । तर पछिल्लो समय उपेन्द्र यादवको नेतृत्वको पार्टीले समेत लहानमा बलिदानी दिवस मनाउन छाडेको छ ।

प्रकाशित : २०७७ पुष २९, बुधबार १५:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ