ओली पक्षका प्रदेश २ इन्जार्ज, अध्यक्ष र सचिवलाई हटाउने तयारी


काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा बैठक सुरु भएको हो ।

आजको बैठकले नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका नेताहरुलाई जिम्मेवारीबाट हटाएर आफ्नो पक्षका मान्छेलाई राख्ने तयारी गरेको छ । त्यस्तै यसअघि नै सार्वजनिक भएको आन्दोलनका कार्यक्रमहरु र त्यसको समीक्षा पनि बैठकमा हुनेछ ।

को-को छन् हटाइने सूचीमा

प्रचण्ड-नेपाल समूहले आजको बैठकमार्फत प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई हटाउने तयारी छ । त्यहाँ इन्चार्ज प्रचण्ड र अध्यक्ष नेपालनिकटलाई बनाउने तयारी गरिएको छ ।

प्रकाशित : २०७७ माघ २, शुक्रबार १३:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ