मुख्यमन्त्री शेरधन राईको विवाह माघ ११ गते काठमाडौंमा


काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले माघ ११ गते विवाह गर्न लागेको जानकारी दिए ।

‘चाँडै नै विवाह हुँदैछ । तर अहिले प्रदेशको राजनीतिको विषयमा व्यस्त छु,’ राईले भने, ‘विवाहको कार्यक्रम माघ ११ गते काठमाडौमा हुनेछ ।’ विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित भएका राई अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य छन् ।

५० वर्षीय राईले विवाहको तयारी तथा बेहुलीको बारेमा थप खुलाउन चाहेनन् । उनी संघीय सरकारमा सूचना तथा सञ्चार मन्त्री रहिसकेका छन् । नेकपा विभाजन भएपछि प्रदेशको राजनीति तातिरहेका बेला राईले विवाह गर्न लागेका हुन् ।

उनीबिरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । माघ ७ गतेबाट प्रदेश सभाको अधिवेशन सुरु हुँदैछ । सोहि अधिवेशनले सो प्रस्तावको टुंगो लगाउनेछ ।

प्रकाशित : २०७७ माघ २, शुक्रबार २१:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ