ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’


काठमाडौं : नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण गर्ने समोराहकाे मिति नजिकिँदै गर्दा अमेरिकाका सबै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यही जनवरी २० तारिख बाइडेनले अमेरिकाको सत्ता सम्हाल्दै छन् । सम्भावित हिंसा रोक्न त्यसअघि नै अमेरिकाका ५० वटै राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ ।

यही जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएजस्तो हिंसा नहोस् भनेर देशभरबाट नेसनल गार्डका टुकुडी ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) रहेको राधजानी वासिङ्टनमा पठाइएको छ । जनवरी ६ मा संसद् बैठक चलिरहेकै बेला ट्रम्पका समर्थकले हमला गर्दा एक प्रहरीसहित ५ जनाकाे मृत्यु भएकाे थियाे ।

अमेरिकी गुप्तचर निकाय एफबीआईले सबै ५० राज्यका राजधानीमा ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । डीसीस्थित नेसनल मल बन्द गरिएको छ । कडा सुरक्षाबीच सडकमा बार लगाइएको छ । बाइडेनको टिमले पहिले नै कोरोना महामारी भएकाले राजधानीको यात्रा नगर्न भनिसकेको छ ।

स्थानीय अधिकारीले नागरिकलाई आआफ्ना घरबाटै शपथ समारोह हर्न अपिल गरेका छन् । ट्रम्पका समर्थकले जनवरी १७ अर्थात् आज सशस्त्र आन्दोलन