महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द


जनकपुरधाम : तराई मधेशमा बढ्दै गरेको शीतलहरका कारण महोत्तरीको गौशाला नगरपालिकाका सबै विद्यालयहरु तीन दिनका लागि बन्द हुने भएको छ ।

गत एक सातादेखि बाक्लो हुस्सुसँगै चलेको चिसो हावाका शीतलहर बढ्दै गएकाले माघ ६ गतेदेखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको गौशाला नगरपालिकाका शिक्षा अधिकृत संजयकुमार सिंहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चिसोको समयमा बालबालिकाहरु सबैभन्दा बढी प्रभावित हुने कुरालाई ध्यानमा राख्दै नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए ।

प्रकाशित : २०७७ माघ ४, आईतवार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ