ओलीविरुद्ध आम हड्ताल गर्ने प्रचण्डको चेतावनी (भिडियो)


काठमाडौं : विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध आम हड्ताल गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

अखिल नेपाल महिला संघको बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ १६ गतेको विशाल शक्ति प्रदर्शनपछि आम हड्तालतिर जानुपर्ने अवस्था आउन सक्ने बताए ।

प्रचण्डले भने–हामी आन्दोलन बढाउँदै जान्छौं । आम हड्तालतिर जानु पर्ने अवस्था आउन सक्छ । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं र जसरी पनि हामीले यो ब्याटल जित्नैपर्छ ।

प्रकाशित : २०७७ माघ ५, सोमबार १६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ