भारतले नेपाललाई दिने १० लाख डोज कोरोनाविरुद्धको खोप भोलि आइपुग्ने !


काठमाडौं : भारतले दिएको कोरोना विरुद्धको खोप भोलि काठमाडौं आइपुग्ने भएको छ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिए । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको संयुक्त पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले १० लाख खोप ल्याउन तयारी पूरा भई भोलि काठमाडौंमा खोप आइपुग्ने बताए ।

भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड नामक खोप ल्याउन लागेको हो ।मन्त्री त्रिपाठीले आज ऐतिहासिक दिन भएको पनि बताएका छन् । उनले खोप ल्याउन कानुनी, प्राविधिक,आर्थिक रुपमा समस्या नभएको समेत जानकारी दिए ।

भारतले अनुदानमा दिएको खोप लगाउने प्राविधिक रुपमा तयार भइसकेको छ । उनले भने– भ्याक्सिन खरिदमा भारतले महत्वपुर्ण सहयोग गर्नेछ । र बाँकी नागरिकलाई पनि छिटै खोप पुयाउनेछौ । र यसले नेपाल र भारत बीच थप मित्रता सम्बन्ध कायम भएको छ ।

प्रकाशित : २०७७ माघ ७, बुधबार १४:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ