भाजपा बिहारका प्रवक्ता साम्सीमाथि गोली प्रहार, अवस्था गम्भीर


काठमाडौं : भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाका बिहार प्रवक्ता अजफर सामसीमाथि बुधबार एक व्यक्तिले गोली प्रहार गरेका छन् ।

गोली लागेर अजफर गम्भीर घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । जमालपुर कलेजमा उनीमाथि गोली प्रहार गरिएको प्रहरीले पुष्टि गरेका छन् । उनी त्यहाँ अध्यापन गराउँछन् ।

अजफरलाई गोली चलाउने व्यक्तिको नाम लल्लन प्रसाद भएको बताइएको छ । हाल प्रहरीले उनलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७७ माघ १४, बुधबार १६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ