कक्षा ११ र १२ को गणित विषयको विवाद टुंगियो


काठमाडौं : कक्षा ११ र १२ को गणित विषयको विवाद ३ वर्षपछि टुंगिएको छ । पाठ्यक्रम विकास केन्द्रले ल्याएको नयाँ पाठ्यक्रममा ११ र १२ कक्षामा गणित अन्य विषयमा राखिएको थियो । तर, अब सो विषय ऐच्छिकमा राखिएको छ ।

अब कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणितमध्ये विद्यार्थीले एक रोज्न पाउँनेछन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा गणितलाई ऐच्छिकमा राख्ने निर्णय गरेको छ ।

गणित समाजका सह-सचिव डा. जीवन काफ्लेले गणितबिना शिक्षा नै अपूरो हुन्छ भनेर ३ वर्ष कुरा उठाउँदा बल्ल गणितलाई ऐच्छिकमा राखिएको बताए ।

प्रकाशित : २०७७ माघ १६, शुक्रबार १५:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ