धनुषामा भरुवा बन्दुक पड्किदा एकजना घाईते, बन्दुक बरामद


धनुषा : धनुषाधाम नगरपालिका ९ थाकलघारीबाट १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँ बस्ने मानसिंह सुनुवारले जंगली जनावर मार्न पासो थापेको भरुवा बन्दुक पड्कन गई स्थानीय ३५ वर्षीय कर्ण बहादुर मोक्तान घाइते भएका थिए । यो कुार थाहा पाएपछि ईलाका प्रहरी कार्यालय यज्ञभुमि र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

घाइते कर्ण बहादुरको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । बन्दुकधारी मानसिंह फरार छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ माघ १६, शुक्रबार १८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ